शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रिय पर्व इन्द्रजात्राको प्रतिक इन्द्रध्वजा

काठमाडौं भाद्र २२,
राजधानीमा मनाइने राष्ट्रिय पर्व इन्द्रजात्राको सुभारम्भ स्वरुप हनुमानढोका दरवारस्थित कालभैरव मन्दिर परिसरमा बुधवार बिहान ७:१७ बजेको शुभसाइतमा इन्द्रध्वज उठाईएको छ । इन्द्रध्वज उठाइएसंगै राष्ट्रिय पर्व इन्द्रजात्रा प्रारम्भ हुने गर्दछ । इन्द्रध्वजा फराइएपछि राजधानीमा इन्द्रजात्रा सात दिनसम्म मनाउँने गरिन्छ । इन्द्रध्वजा फहराउँने क्रममा गुर्जुको पल्टनले विशेष बाजागाजाका साथ तोप  सलामी दिएको थियो।

त्यसैगरी यसअघि स्थानीय तलेजु भवानी मन्दिरमा राखिएको भवानीको प्रतीकका रुपमा सेतो घोडालाई ल्याएर पूजा गरिएको थियो। करिब ३२ हातको सो लिङ्गो भक्तपुरको चितपोलस्थित जङ्गलबाट हनुमानढोकामा पुर्‍याइएको थियो।