सोमवार, बैशाख १७, २०८१

राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछाने विरुद्ध बलात्कारको जाहेरी

नेपाल क्रिकेट संघ [क्यान]को बुधबार साँझ आकस्मिक बैठक बस्दै

काठमाडौ भाद्र २२,
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी दर्ता भएको छ। लामिछानेविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

सन्दीप विरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएको हो । त्यस्तै दर्ता भएको जाहेरीमा क्यारेबियन लिग खेल्न जानुअघि अर्थात गत ५ भाद्रम काठमाडौंको एक होटेलमा आफुलाइ प्रलोभनमा पार्दै बलात्कार भएको पीडित किशोरीले दाबी गरेको छ।

घटनाको भोलिपल्ट भाद्र ६ गते लामिछाने केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न वेस्टइन्डिज उडेका थिए ।

यसैवीच नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेविरुद्ध बलात्कारको उजुरी परेपछि नेपाल क्रिकेट संघ [क्यान ]ले बुधबार साँझ बस्ने गरि आकस्मिक बैठक वोलाएको छ।