सोमवार, बैशाख १७, २०८१

उपत्यका सहित मुलुकको ७७ मध्ये ७५ जिल्लामा भुसको आगो सल्के’झै फैलियो डेगु सङ्क्रमण

काठमाडौं भाद्र २०,
पछिल्लो समय उपत्यका लगायत मुलुकको ७७ मध्ये ७५ जिल्लामा डेगु सङ्क्रमण प्रभाव भुसको आगो सरि फैलिएसंगै डेङ्गु संक्रमणलाइ महामारीकै रुपमा स्वीकार गर्दै स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने तयारी छलफल सुरु भएको छ।

स्वासथ्य मन्त्रालय सम्बद्ध स्रोतबाट प्राप्त जानकारी अनुसार मुलकको मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेगु सङ्क्रमण फैलिएको र यसमध्ये काठमाडौँ उपत्यकाका दुई जिल्ला ललितपुर र काठमाडौँमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित पुष्टि जनाएको छ।

 प्राप्त जानकारी अनुसार प्राप्त पछिल्लो सूचना अनुसार नेपालमा ५ हजार २९ जनालाई डेङ्गु पुष्टि भएको र यसमध्ये उपत्यका अन्र्तगत ललितपुर जील्लामा १ हजार ८३२, काठमाडौँमा ८८८, भक्तपुरमा ९९ जना डेङ्गु सङ्क्रमित रहेको थाहा भएको छ। त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य सङ्कटकालका लागि केही प्रावधान पूरा गर्नुपर्ने र ती प्रावधान पूरा भए सङ्कटकाल लगाउन सकिने जनाउ दिएका छन ।