बिहिबार, बैशाख १३, २०८१

माटो बचाउ अभियानका सहभागीलाइ गुर्जो अभियन्ता राजलवटको गुर्जो चिया

काठमाडौं भाद्र १९,

[सद्गुरु जग्गी वासुदेव]

माटो बचाउ अभियानमा अन्र्तगत गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा माटोमा विद्यमान उर्वरता र उब्जाउ योग्य राख्न अनि यसलाई बालुवामा परिणत हुनबाट रोक्नको लागि जागरूक धरती र नेपाल सरकारवीच सम्झौता भएको छ ।  ईशा फाउंडेशन नामक लाभरहित मानव सेवी संस्‍थाका संस्थाका संस्थापक एवम विश्वका विभिन्न देशमा भईरहेको माटो जोगाऔॅ अभियानका प्रमुख अभियन्ता सद्गुरु जग्गी वासुदेवको उपस्थितीमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय तथा वातावरण मन्त्रालयले माटो बचाउ अभियान सम्झौतामा हस्ताक्षर गरेको हो ।

त्यसअवसरमा कार्यक्रमलाइ सम्बोधन गर्दै सद्गुरु जग्गी वासुदेवले माटो र मानव अस्तित्वबिचको अन्तर्निहित सम्बन्धमा जोड दिँदै “माटो हाम्रो सम्पत्ति होइन, यो अघिल्लो पिँढीबाट हामीमा आएको विरासत हो, र हामीले जीवित माटोको रूपमा यो भावी पिँढीलाई हस्तान्तरण गर्नुपर्छ भन्ने महत्वपूर्ण विचार व्यक्त गर्नुभएको थियो ।

त्यस्तै प्रस्तुत कार्यक्रममा सहभागीता लागि पुगेको हजारौको सख्यामा लामबद्व रहेका व्यक्तिहरुलाइ नेपालका गुर्जो अभियन्ता कमल वहादुर राजलवट ,अन्जु प्रधान, राजेश प्रधान, योग गुरुहरू सुरेन्द्र रिमाल, किशोर जोशी, केदार वास्ताकोटी,दधिराम, मण्डल लगायतका उहाँको टिमले गुर्जो चिया सेवन गराउँदै प्रत्येक सहभागीहरुलाइ अश्वगन्धा , करिपात, पत्थरचट्टाको वेर्ना र गुर्जो चिया प्याकेट वितरण गरेको दृष्यले प्रस्तावित कार्यक्रमको आकर्षणमा थप रौनकता सिर्जना गरेको थियो ।