सोमवार, बैशाख १७, २०८१

काठमाडौं काँग्रेस क्षेत्र न.८ मा महासमिति सदस्य जोशीको नाम सिफारिस

काठमाडौं भाद्र १९,
आगामी मंसिर ४ गते सम्पन्न हुने संघ र प्रदेश सभा निर्वाचनका लागि काठमाडौं काँग्रेस क्षेत्र न. ८ कांग्रेस क्षेत्रीय समितिले महासमिति सदस्य राजुराज जोशीकोको नाम प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फ सिफारिस गरेको छ। क्षेत्रीय समितिको बैठकले नेता जोशी सहित समानुपातिक तर्फ पार्टीको विभिन्न तह र तप्काका क्रमस रविन्द्रलाल श्रेष्ठ , प्रचण्डदेव मानन्धर, रमेश प्रसाद गौतम, राज्य लक्ष्मी श्रेष्ठ, लगायत ६ जना आकंक्षी उम्मेदवारको नाम सिफारिस गरेको थाहा भएको छ।

यद्यपी काठमाडौं निर्वाचन क्षेत्र न. ८ सत्ता गठबन्धनको केन्द्रीत भएका कारण यो क्षेत्र कसको भागमा पर्छ यकिन नभएको अवस्थाकावीच काठमाडौं काँग्रेस क्षेत्रीय समितिको बैठकले काँग्रेस क्ल्लिाको रुपमा रहेको  क्षेत्र न.८  का लागि   महासमिति सदस्य जोशीलाइ सिफारिस गरेको बुझिएको छ । त्यस्तै नेता जोशीको क्षेत्र न.८ मा राम्रो पकड रहनुको अलावा यसअघि नेता जोशीको भाइ एवम् पूर्व उद्योग मन्त्री स्व:नविन्द्रराज जोशी पटक पटक यसै क्षेत्रबाट निर्वाचित भएको थियो ।

त्यस्तै आसन्न निर्वाचनको सरगर्मी बढ्दै गर्दा यसै क्षेत्रबाट जोशी परिवारकै अर्का सदस्य एवम् स्व: पूर्व मन्त्री जोशीकी श्रीमती सपना राजभण्डारी जोशीले समेत श्रीमानको विरासतका लागि भन्दै प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फ दावेदारी सहित आकङ्क्षा राखेको र उनको नाम समेत बैठकले सिफारिस गरेको बुझिएको छ ।

त्यस्तै बैठकले सोहि क्षेत्रको प्रदेशसभा [क] का लागि लागि प्रत्यक्ष तर्फ विधार्थी नेताद्दय विजय गोपालल श्रेष्ठ, रोमेल श्रेष्ठ संगै इन्द्रमानसिं सुवाल ,राजेन्द्रराम श्रेष्ठ , सुरेन्द्र मानन्धर र प्रदिप शाहीको नाम सिफारिस गरेको थाहा भएको छ । साथै प्रदेशसभा समानुपातिक तर्फ पनि करिव एकदर्जन भन्दा बढि आकंक्षीको नाम सिफारिस भएको बुझिएको छ।

त्यस्तै गरि प्रदेश सभा [ख] को प्रत्यक्षतर्फ केदार मान्नधर, अमिन पाण्डे, राजु खरेल , देवरत्न डगोल, रविन सिंह बस्नेत र दिपकचन्द्र गौतम सिफरिस भएका छन । त्यस्तै समानुपातिक तर्फ  उर्मिला बस्नेत , तेविन्द्ररत्न शाक्य लगायत ९जना सिफारिस भएको बुझिएको छ।