सोमवार, बैशाख १७, २०८१

बागलुङ नगरपालिकाका उपप्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडौं भाद्र १९,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ५ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गराएकोछ ।

बागलुङ नगरपालिकाको नदीजन्य पदार्थको कर सङ्कलन प्रकरण केन्द्रीत हुँदै आयोगमा परेको उजुरीको अनुसन्धानको क्रममा नगरपालिकाले ढुङ्गा, गिट्टी र बालुवाको बिक्री वितरणका लागि सूचना प्रकाशन गर्दा र ठेक्का लगाउँदा प्रदेश सरकारले कानुन बमोजिम तोकेको दररेटभन्दा घटी निर्धारण गरेको ठहर गर्दै आयोगले मुद्दा दर्ता गरेको हो ।

त्यस्तै आयोगले आज दायर मुद्धामा नगरपालिकाले आपसी मिलेमतोमा प्रदेश सरकारले तोकअनुरुप दररेट कायम नगर्दा नेपाल सरकारलाई रु १७ लाख ४० हजार ६६ हानी नोक्सानी भएको ठहर सहित नगरपालिकाको यस्तो बदनियत कार्य बाट प्रस्तुत प्रकरणमा भ्रष्टाचार भएको पुष्टि गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी विज्ञप्तिमा उल्लेख गरिएकोछ ।

त्यस्तै विज्ञप्तिमा प्रस्तुत प्रकरणमा आयोगले मुद्धा दायर गरेका अभियुक्तहरुमा क्रमस बागलुङ नगरपालिकाका तत्कालीन उप्रमुख सुरेन्द्र खड्का, तत्कालीन वडाध्यक्ष जीवन आचार्य, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय र तत्कालीन राजस्व शाखा सदस्य सचिव काशिराम शर्मा रहेको उल्लेख गरिएको छ।