सोमवार, बैशाख १७, २०८१

संसद बैठक : नागरिकता विधेयक पुनः प्रतिनिधिसभामा

काठमाडौं भाद्र १९,
प्रतिनिधिसभाको आज बसेको बैठकमा राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट कुनै संशोधन विनानै पारित गर्दै प्रतिनिधिसभामा फिर्ता पठाएको छ ।

त्यस्तै आजको बैठकले कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सांसद चित्रलेखा यादव र मीनबहादुर विश्वकर्मालाई मनोनयन गर्दै सदस्यको नाम हेरफेर गर्नुभएको हो । यसअघि उक्त समिति सदस्यमा सांसद पुष्पा भुसाल गौतम र बहादुरसिंह लामा तामाङ रहनु भएको थियो ।

त्यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०७५ को नियम २७ को उपनियम २ बमोजिम गठित राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा सांसद देवप्रसाद तिमल्सिनाको स्थानमा डा मीनेन्द्र रिजालको नाम हेरफेर गरिएको छ ।

त्यस्ते सांसद महेन्द्रकुमारी लिम्बू महिला तथा सामाजिक समितिबाट कानून, न्याय तथा मानव अधिकार समितिमा, सरवत आरा खानम अर्थसमितिबाट कानून, न्याय तथा मानवअधिकार समितिमा, सांसद प्रमिला राई अर्थ समितिबाट कानून, न्याय तथा मानवअधिकार समितिमा, कर्मा घले कानून, न्याय तथा मानवअधिकार समितिबाट महिला तथा सामाजिक समितिमा, जिपछिरिङ लामा विकास तथा प्रविधि समितिबाट राज्यव्यवस्था तथा सुशासन समितिमा र मीना पाण्डे राज्य व्यवस्था तथा सुशासन समितिबाट विकास तथा प्रविधि समितिमा मनोनयन गरिएको हो।

त्यस्ते गरि आजै बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले प्रस्तुत गर्नुभएको नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक भाद्र २१ गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ ।