सोमवार, बैशाख १७, २०८१

सिट बाँडफाँट गर्न गठित कार्यदलले छलफलको निचोड शिर्ष नेतृत्वलाइ बुझाउने

काठमाडौं भाद्र १,
आसन्न निर्वाचनमा सत्ता गठबन्धनको लागि सिट बाँडफाँट गर्न गठन गरेको ११ सदस्यीय कार्यदलले प्राप्त कार्यादेशअनुरुपको सहमति बनेको जनाउ दिएको छ।

कार्यदलको आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक पछि पत्रकारहरुसंग कुरा गर्दै कार्यदल सदस्य एवम नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा यसअघि सिट बाँडफाँटका लागि तय भएको अवधारणा अनुरुप छलफलको निचोड शीर्षस्थ नेतालाई अवगत गराउने आजको बैकठले निर्णय गरेको बताउनुभयो । त्यस्तै उहाँले कार्यदलको छलफलको निष्कर्षको अध्ययन शिर्ष नेतृत्वले भएका सहमति सार्वजनिक गर्ने कार्ययोजना रहेको हुने उहाँको भनाइ छ। समेत जानकारीदिनुभयो ।

साथै अवको दुइ दिन पछि छलफ भएकै मोडालिटीमा सिट विभाजन गर्ने विषयमा गठबन्धनका सबै दलको सहमति रहेको जनाउ सहित आगामी २ दिन भित्र सवै विषयप्रसंग सार्वजनिक हुने उहाँको भनाइ रहेको थियो ।

कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौलासहित महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की , माओवादी केन्द्रबाट वर्षमान पुन, देव गुरुङ, एकीकृत समाजवादीबाट डा। वेदुराम भुषाल, प्रमेश हमाल हुनुहुन्छ। यसैगरी, जनता समाजवादी पार्टीबाट रामसहाय प्रसाद यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य हुनुहुन्छ।