शुक्रबार, चैत्र १६, २०८०

प्रतिनिधिसभाको आजको बैठकमा नागरिकता विधेयक प्रस्तुत हुँदै

काठमाडौँ भाद्र २,
आज बूस्ने प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनःविचार गरियोस् भन्ने प्रस्ताव माथि विशेष छलफल हुने भएको छ।

संसद सचिवालयले जारी गरेको बैठकको कार्यसूचीमा प्रतिनिधिसभाको आज बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो प्रस्ताव प्रस्तुत गर्नुहुने हुने उल्लेख गरिएको छ।

स्मरण रहोस, नागरिकता, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी प्रमाणीकरणका लागि गत साउन १६ गते राष्ट्रपतिसमक्ष पठाइएको थियो । तर राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको उक्त विधेयक संसद्बाट पुनःविचार हुन आवश्यक देखिएको भन्दै गत साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको थियो ।

त्यस्तै आजको बैठकमा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय महिला आयोगको चौधौँ वार्षिक प्रतिवेदन पेश गर्न लगायतका कार्यसूची रहेको छ ।