मङ्लबार, चैत्र ६, २०८०

यस्तो छ सत्तासाझेदार दल माओवादी केन्द्रको ४१ सदस्यीय नयाँ स्थायी कमिटी

काठमाडौं भाद्र १,
सत्तासाझेदार दल माओवादी केन्द्रको आज बसेको पार्टीको पूर्ववत् स्थायी कमिटी सदस्यहरुको बैठकले ४१ सदस्यीय नयाँ स्थायी कमिटी सदस्यहरुको टुङ्गो लगाएको छ । बैठक पछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले आज स्थायी कमिटी सदस्यहरुको टुङ्गो लगाउने कार्य सम्पादन संगै बिहीबार पार्टी पदाधिकारीको टुंगो लगाउने जनाउ दिनुभएको छ ।

स्मरण रहोस, माओवादीले केन्द्रको एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षसहितका पदाधिकारी चयन महाधिवेशन सकएिको लामो समय व्यतित भयसक्दा पनि हुन सकेको छैन ।

यस्तो छ माओवादी ४१ सदस्यीय स्थायी कमिटीको सूची :  पुष्पकमल दाहाल प्रचण्ड,नारायणकाजी श्रेष्ठ,कृष्णबहादुर महरा,देवप्रसाद गुरुङ, वर्षमान पुन,जनार्दन शर्मा,पम्फा भुषाल,गणेश शाह,गिरिराजमणि पोखरेल,हरिबोल गजुरेल,शक्ति बस्नेत,चक्रपाणि खनाल,देवेन्द्र पौडेल,मात्रिका यादव,लिलामणि पोखरेल,हितमान शाक्य,हितराज पाण्डे,राम कार्की,कालीबहादुर मल्ल,खगराज भटट,जयपुरी घर्ती,ओनसरी घर्ती,शशी श्रेष्ठ,पूर्णकुमारी सुवेदी,अन्जना विसंखे,यशोदा सुवेदी गुरुङ,अमृता थापा,कमला रोक्का,रेखा शर्मा,उर्मिला अर्याल,श्रीराम ढकाल,हकिकुल्ला खाँ, महेश्वर गहतराज रहेका छन । ।