मङ्लबार, चैत्र ६, २०८०

काँग्रेस महामन्त्री शर्माले झापाबाटै चुनाव लड्ने उद्घोष सहित भने-प्रेम उता घरजम यताको कुरै हुन्न

काठमाडौं भाद्र १,
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले किमार्थ प्रेम उता घरजम यताको कुरै हुन्न भन्दै आफू झापाबाटै चुनाव लड्ने प्रष्ट पारेका छन । महामन्त्री शर्माले सामाजिक संजाल ट्वीटरमा बुधबार बिहान ट्वीट गर्दै यस्तो अभिव्यक्ति दिनुभएको हो।

केही दिनयता महामन्त्री शर्माको चुनावी चर्चा अन्र्तगत झापालाई छाडेर काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने चर्चा सामाजिक संजालमार्फत भएसंगै उहाके यस्तो अभिव्यक्ति आएको हो ।

त्यस्तै महामन्त्री शर्माले ट्वीटरमा लेखेका छन्, ‘फेरिप्रट्याउँ – बागमतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो । तर मान्छे म मेची र निन्दा किनारकै हो । काठमाडौं ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर झापामै उम्मेदवार बन्नेछु ।

उनले निर्वाचनमा लड्ने भनेको झापाको क्षेत्र नम्बर १ हो । २०७४ सालको निर्वाचनमा उनी त्यही क्षेत्रबाट चुनाव लडेका थिए । त्यो बेला नेकपा माओवादी केन्द्रका नेता राम कार्कीसंग पराजित भएको थियो ।

तर महामन्त्री शर्माले पनि आफू यही क्षेत्रबाट लड्ने भन्दै स्पष्ट परिसकेका छन् । अल्झन भनेको सत्ता गठबन्धनले २०७४ सालमा आफूले जितेका स्थानमा सोही दललाई नै टिकट दिने सहमति भइसकेको अवस्थामा महामन्त्री शर्माले आफ्नो ट्वीटमा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर झापामै उम्मेदवार बन्नेछु भन्दै गर्दा सहमतिका वाजुद पनि पार्टीको महामन्त्री भएका नाताले उनको हकमा मौजुदा सहमति संगै अर्को थप सहमति समेत भएको बुझ्न सकिन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2022
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031