सोमवार, बैशाख १७, २०८१

देशभरको मौसममा उतारचढाव,मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं भाद्र १,
जल तथा मौसमविज्ञान विभागले आज देशभरको मौसम सामान्य बदलीभय रहने जनाएको छ । साथै विभागले मौसमको पछिल्लो चक्र अनुसार प्रदेश १ का पहाडी भूभागमा मौसम पूर्ण बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ ।

त्यस्तै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकाध स्थानमा हल्का वर्षा भइरहेको जानकारी सहित प्रदेश १ र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका एकाध स्थानहरूमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएकोछ ।