शुक्रबार, चैत्र १६, २०८०

आसन्न निर्वाचन प्रयोजनका लागि आयोगमा ८४ दलको आवेदन

 काठमाडौं साउन ३१,
आसन्न निर्वाचन प्रयोजनका लागि आयोगमा ८४ दलको आवेदन दर्ता निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आव्हान गरेको दल दर्ता कार्यक्रम अन्र्तगत नयाँ र पुराना गरी ८४ दलले आयोगमा दर्ता निवेदन दिएका छन् ।

सरकारले आगामी मङ्सिर ४ गतेका लागि एकै चरणमा निर्वाचनको मिति घोषणा गरेपछि आयोगमा दर्ता कायम रहेका दललाई साउन २२ देखि साउन ३१ गतेसम्म दल दर्ताका लागि समय दिएको थियो। आयोगले दिएको दल दर्ताको अवधिको अन्तिम दिन आजसम्म ती दलले दर्ताका लागि निवेदन दिएको आयोगले जनाएको छ।

साथै आयोगले नयाँ र पुराना गरी ८४ दलदर्ताका लागि प्राप्त आवेदन उपर आवश्यक जाँचबुझ गरि सूचीसहितको विवरण सार्वजनिक गर्ने जनाएको छ।