बिहिबार, बैशाख २०, २०८१

तत्काल इन्धनको घट्दो मूल्य समायोजन नहुँने निगमको जनाउ

काठमाडौं भाद्र १,
इन्डियन आयल कर्पोरेसन [आईओसी]बाट पछिल्लो प्राप्त पेट्रोलियम पदार्थको घठ्दो मूल्यसूची सहितको इन्धन नेपाल आएपनि नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन नर्गने जनाएकोछ । मङ्गलवार मात्र भारतबाट मूल्य घटेर पेट्रोलियम पदार्थ प्राप्त भए पनि अझै ऋणको दायित्व रहेकाले निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य नघट्ने जनाउ सहित तत्काललाइ हालको मूल्य यथावत् नै राख्ने निर्णय भएको जनाएको छ ।

आईओसीले जुलाई १६, अगस्ट १ र अगस्ट १६ मा गरी पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ५ पैसा र डिजेलमा ३३ रुपैयाँ ८५ पैसा घटाए पनि निगमले पुरानो घाटा पूर्ति गर्न भन्दै मूल्य समायोजन नगर्दा नेपाली उपभोक्ता भने साविककै मूल्यमा इन्धन खरिद गर्न बाध्य हुँदै आएको छ।

साथै निगमले नयाँ मूल्य सूची प्राप्त भएयता पनि निगमलाई मासिक ६२ करोड रुपैयाँको हाराहारी नोक्सानी रहेको जनाउँदै निगमका कार्यकारी निर्देशक उमेश थानीले भारतीय आयल कर्पोरेसन [आईओसी]लाई तिर्नुपर्ने बक्यौता अझै २३ अर्ब रुपैयाँ बाँकी रहेको जानकारी दिएका छन ।

त्यस्तै निगमलाइ पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७४ पैसा नाफा रहे पनि डिजलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा, एलपी ग्यासमा प्रति सिलिण्डर ४९९ रुपैयाँ नोक्सानी रहेको निर्देश थानीले बताउनुभयो ।

स्मरण रहोस यसअघि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्ने जनाउ दिदै आएको निगमले सरकार र वाणिज्य बैङ्कबाट लिइएको १० अर्ब ऋण र २३ अर्ब बक्यौता गरी ३३ अर्बको भार रहदै गर्दा  प्रस्तुत स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न नसकिएको समेत जनाउ दिएको छ ।