सोमवार, बैशाख १७, २०८१

भट्टराई र गौतमले माओवादीको चुनाव चिह्नमा निर्वाचन लड्ने

काठमाडौं साउन ३१,
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीले समेत माओवादी केन्द्रको निर्वाचन चिह्नबाट चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।

माओवादीको आजै बसेको स्थायी समितिको बैठकले डा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी र गौतम नेतृत्वको एकता राष्ट्रिय अभियान पार्टी लाई आफ्नो पार्टीको चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको थियो ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराले समाजवादी पार्टी र गौतम नेतृत्वको पार्टीलाइ आफूहरूको चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय भएको जानकारी दिनुभयो । सोही निर्णयानुसार भट्टराई र गौतम नेतृत्वको पार्टीले निर्वाचन आयोगमा त्यससम्बन्धी औपचारिक जानकारी समेत गराइसको सम्वद्ध पार्टीका नेताहरुले जनाएकोछ ।