बुधबार, बैशाख १९, २०८१

थप आठ सय ४८ सङ्क्रमण , १ को मृत्यु

काठमाडौं साउन ३१,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वितेको पछिल्लो २४ घण्टामापाँच हजार छ सय १९ जनामा गरिएको कोभिड परिक्षणको क्रममा ८ सय ४८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

साथै मन्त्रालयले २ हजार ७२२ पीसीआर परीक्षण गर्दा ३९९ र २ हजार ८९७ एन्टिजेन परीक्षण गर्दा ४४९ गरि उल्लेखित सख्यामा सङ्क्रमितको पहिचान भएको जनाएको छ ।

त्यस्तै यसवीचमा ५२६ जना संक्रमित सङ्क्रमणमुक्त भएको जानकारी दिदै हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार दुई सय ५९ रहेको र आज एकजना संक्रमितको निधन भएसंगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको सख्या ११ हजार नौ सय ९० पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै गरि पछिल्लो समय उपत्यकाको काठमाडौँ र ललितपुर जिल्लामा ५ सयभन्दा बढी सङ्क्रमित रहेको छ भने मनाङ, कालीकोट, मुगु, डोल्पा, जुम्ला र हुम्ला भने सङ्क्रमित शून्य जिल्लाको सूचीमा रहेको जनाएको छ । यस्तै सक्रिय सङ्क्रमित मध्ये आइसियुमा ६८ र भेन्टिलेटरमा ४ जनाको उपचार भइरहेको जानकारी समेत मन्त्रालयले दिएको छ ।

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2022
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031