आइतवार, बैशाख १६, २०८१

७४ लाख रुपैयाँ र २६ लाखको चेक सहित हुण्डीको कारोबारमा संलग्न ३ जना पक्राउ

भन्सार छलि ल्याएको सामान सहित भगत पक्राउ

काठमाडौं साउन २४ ,
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं महानगरको वडा न १८ नरदेवीबाट ७४ लाख रुपैयाँ र विभिन्न व्यक्तिको नाममा काटिएको २६ लाख हुण्डीको कारोबारमा संलग्न ३ जना पक्राउ सोमबार साँझ पक्राउ गरेको छ ।

प्रहरीले हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा स्रोत नखुलेको नगद ७४ लाख रुपैयाँ र विभिन्न व्यक्तिको नाममा काटिएको २६ लाख ३२ हजार ८ सय ५० रुपैयाँ बराबरको विभिन्न वित्तिय संस्थाका ९ थान चेक सहित क्रमस काठमाडौं बबरमहल बस्ने भारत राजस्थान शिखर देवथला घर भएका ६४ वर्षीय राजु अग्रवाल, काठमाडौं जोरपाटी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ४ घर भएका २० वर्षीय रामहरि दुलाल र काठमाडौं चावहिल बस्ने रौतहट चन्द्रपुर नगरपालिका ४ घर भएका २४ वर्षीय सुदिप आचार्य रहेको जानकारी दिएका छन् ।

त्यस्तै पक्राउ परेका अभियुक्त उपर थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

यसैवीच प्रहरीले सोहि स्थानबाट गैरकानुनी रूपमा भन्सार छलि ल्याएको १ हजार ९ सय ६ थान छालाको पेटी र ५ हजार २ सय ९४ थान छालाको पर्स सहित काठमाडौं ठँहिटी बस्ने सप्तरी राजविराज नगरपालिका ४ घर भएका ४२ वर्षीय गणेश भगतलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उक्त स्थानमा भन्सार छलिको सामानहरु लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरीले अनुसन्धानको क्रममा उक्त छालाको पेटी र पर्स सहित भगतलाई पक्राउ गरेको जनाउँदै थप अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौंचर काठमाडौं पठाइएको जानकारी दिएको छ ।