शुक्रबार, चैत्र १६, २०८०

बाढी र पहिरो प्रताडितको उद्धारलाई प्राथमिकता दिन कांग्रेसका प्रवक्ता महतको आग्रह

काठमाडौं साउन २५ ,
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले विरल वर्षाका कारण आएको बाढी र पहिरोबाट क्षति पुगेका नागरिकलाई राहत उपलब्ध गराउन तथा उनीहरुको उद्धार गर्न आग्रह गर्नुभएको छ ।

प्रवक्ता महतले आज जारी विज्ञप्तिमार्फत अविरल वर्षासंगै आएको बाढी र पहिरोबाट काठमाडौँ, नुवाकोट, रसुवालगायतका जिल्लामा ठूलो क्षति पु¥याएको भन्दै राहत र उद्धारमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभएको हो ।

गए राति परेको अविरल वर्षाका कारण काठमाडौँ, नुवाकोटका विभिन्न क्षेत्र र रसुवामा समेत ठूलो क्षति पुगेको विज्ञप्तिमा उल्लेख गर्दै जोखिमयुक्त क्षेत्रमा रहनुभएका सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन र प्राकृतिक विपद्को घडीमा मानवीय तथा भौतिक क्षति रोक्दै बस्ती संरक्षणमा लाग्न, यथाशीघ्र उद्धार र राहतमा सरिक हुन सबैलाई अनुरोधसमेत गर्नुभएको छ ।

त्यस्तै सरकारका विभिन्न निकायलाई बाढीपहिरोले पु¥याएको सडक, पुल, खानेपानी आयोजना, सिँचाइ आयोजनालगायतका संरचनाको अनुगमन मूल्याङ्कन गरेर चाँडो मर्मतसम्भार र पुनःनिर्माण गर्न पनि डा महतले आग्रह गर्नुभएको छ ।