७५ प्रतिशत कोभिड विरुद्धको खोप नलगाएका संक्रमितको मृत्यु : मन्त्रालय
काठमाडौं साउन २४ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज कोभिढ अपडेट सम्बन्धी जारी नियमित बुलेटिनमा पछिल्लो २४ घण्टामा ६ हजार तीनसय नमुना परीक्षणमध्ये १ हजार ९० मा कोभिड सङ्क्रमण पुष्टि भएको जानकारीदिएको छ। मन्त्रालयले २ हजार ९५८ जनाको पीसीआर गर्दा ५६० र ३ हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जना गरि उल्लेखित सख्यामा सङ्क्रमितको पुष्टि भएको जनाएको छ ।
त्यस्तै मन्त्रालयले सक्रिय सङ्क्रमितको सङ्ख्या समेत ह्वात्तै बढेको जानकारी दिदै यसवीचमा सक्रिय सङ्क्रमित ५ हजार आठ सय छ पुगेको र यसमध्ये ६१ जनाको आइसियुमा र ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ । साथै वितेको २४ घण्टामा ४ सय ३८ जना संक्रमित संक्रमण मुक्त भएको जनाउँदै मन्त्रालयले आज कोभिड सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएसंगै अहिलेसम्म ११ हजार ९ सय ७४ पुगेको जनाक्एो छ ।
त्यस्तैगरि ५ सयभन्दा बढी सङ्क्रमित भएका जिल्लाको सूचीमा पछिल्ले समय काठमाडौँ र ललितपुर सूचिकृत रहेको जानकारी दिदैवितेत २४ घण्टामा १ लाख ७१ हजार आठ सय ३७ ले कोभिड भाइरसविरुद्धको खोप लगाएको जनाएको छ।
यसैवीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पछिल्लो समय संक्रमणका कारण मृत्यु भएका मध्ये ७५ प्रतिशत कोभिड विरुद्धको खोप नलगाएका व्यक्ति रहेको जानकारी दिदै कोभिड विरुद्धको खोप नलगाएका व्यक्ति संक्रमणको उच्च जोखिममा रहेको जानकारीदिनभएको छ । ।
साथै उहाँले जो जसले कोभिड विरुद्धको खोप लगाउनुभएको छैन उहाँहरु सवैले स्वास्थ्य संस्थामा गई आवश्यकताअनुसार पहिलो, दोस्रो र बुष्टर मात्रा खोप लगाउन आग्रह समेत गर्नुभएको छ ।