सोमवार, बैशाख १७, २०८१

देशैभर बाढीपहिरोको वितण्डा: विभिन्न स्थानमा धनमालको क्षतिसंगै सडक अवरुद्ध

काठमाडौं  असार १५,  
नेपाल प्रहरीले मुलुकको सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी पूर्व , धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरोध भएको जनाएको  छ ।

प्रहरीका अनुसार सिन्धुली, गोलन्जोर गाउँपालिका ५ सोलाभन्ज्याङस्थित बिपि राजमार्गमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । भने सोहि गाउँपालिका९६ अकरे भिरस्थित सडकमा बुधबार बिहान ढुङ्गा माटो सहितको पहिरो जाँदा सडक अवरोध भएको जनाएके छ । यद्यपी यी दुवै स्थानमा सडक खुलाउने पहल भइरहेको जनाएको छ।

त्यस्तै दार्चुला, शैल्यशिखर नगरपालका ९ नक्तडीमा गोकुलेश्वर दार्चुला सडकमा बुधबार बिहान र बागलुङ, गल्कोट नगरपालिका ७ आगाखेतस्थित सडकमा मंगलबार राति पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको जनाएको छ। त्यस्तै धादिङ, गल्छी गाउँपालिका ६ महेश दोभानस्थित पृथ्वी राजमार्गमा बुधबार बिहान लेदो सहित पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएसंगै स्थानीय जनजीवन समेत प्रभावित भएको जनाएको छ।

त्यस्तै नवलपरासी पूर्व , विनयीत्रिवेणी गाउँपालिका९१ स्थित खहरे खोला, मध्यबिन्दु नगरपालिका १० स्थित ठुलो खहरे र सानो खहरे खोलामा पुल निर्माणको लागि बनाईएको तीन वटा ड्राईभर्सन अबिरल बर्षाको कारण बुधबार बिहान बगाउँदा पूर्वपश्विम राजमार्ग अवरुद्ध घएको जानकार िदिदे प्रहरीले अवरुद्ध सडक खुलाउन आवश्यक पहल गरिरहेको जनाएको छ । साथै उदयपुर, कटारी नगरपालिका १४ वनडाँडास्थित सिद्दिचरण राजमार्गमा र सोलुखुम्बु, माहाकुलुङ गाउँपालिका १ लोचनस्थित बुङबाट सोताङतर्फ आउने सडकमा मंगलबार साँझ पहिरो जाँदा सडक अबरोध भएको जनाएको छ ।

त्यस्तै झापा, शिवसताक्षी नगरपालिका ४ बस्ने हरिदेव ताजपुरियाको कुखुरा फाराममा मंगलबार दिउँसो अविरल वर्षाको कारण पानी पस्दा १ हजार २ सय ब्रोईलर कुखुरा मर्नुका साथै दाना सहित करिब १० लाख ४० हजार रूपैयाँ बराबरको धनमाल क्षति भएको छ भने झापा, गौरीगंज गाउँपालिका ४ सुकुम्बासी बस्तीमा मंगलबार दिउँसो अविरल वर्षाको कारण कृष्णखोलाबाट बाढी आउँदा १५ घर डुबानमा परेको जनाएको छ।

त्यस्तै मोरङ, बुढीगंगा गाउँपालिका १ खात टोलस्थित सिङिया खोलामा मंगलबार दिउँसो अविरल वर्षाको कारण पानीको बहाव बढ्न गई खात टोलमा रहेका करिब २६ घर साथै कटहरी गाउँपालिका १ टाईगर टोलमा रहेका करिब ६० घरमा पानी पसेसंगै प्रहरीले ती घर परिवारलाई सुरक्षित ठाउँमा सारेको जानकारीदिएको यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका९११ कालिकानगरस्थित सुरेन्द्र पराजुलीको साझा आल्मुनियम प्रालिमा मंगलबार दिउँसो अविरल वर्षाको कारण पानी पस्दा २ सय प्याकेट इस्क्रुप, २० प्याकेट रिबिट, २० कार्टुन डोर क्लोजर, २ सय रोल रबर, ५ सय पिस एसिटी, १ सय पिस बोर्ड र ५ सय पिस ग्लास लगायतका धनमाल डुबेर क्षति भएको जानकारी दिएको छ