बिहिबार, बैशाख १३, २०८१

महानगर वडा न ४का वडाध्यक्ष महर्जनविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं असार १५ ,
काठमाडौं महानगरपालिका वडा नं ४ का नवनिर्वाचित वडाध्यक्ष दिनेश महर्जनविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत काठमाडौंले गत बैशाख ३० गते सम्पन्न निर्वाचनमा  मार्फत  नेकपा   एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित   महर्जन सहित ३  जनालाई ज्येष्ठ नागरिक महानगर प्रोत्साहन भत्ता बापत उपलब्ध गराउनुपर्ने रकममा अनियमितता गरेको अभियोगमा दर्ता भएको मुद्दाको प्ररम्भिक कारवाही कारवाही अन्र्तगत  दायर मुद्धाको सुनवाइसंगै   पक्राउ पुर्जी जारी गर्दै   अदालतले हिरासतमै राखी अनुसन्धान गर्ने आदेश दिएको हो ।

अदालतले पक्राउ पुर्जी आदेश जारी गरेकाहरुमा   वडाध्यक्ष  महर्जन सहित    ध्रुवप्रसाद त्रिपाठी र पूर्व वडाध्यक्ष मोहनबहादुर विष्ट रहेका छन । त्यस्तै निजहरुविरुद्ध दार मुद्धामा फौजदारी कार्यविधि संहिता, २०७४को दफा ५८ ३ बमोजिम सरकारी कागजात कीर्ते र लिखतसमेत कीर्ते गरेको अभियोगमा ७ वर्ष कैद सजायसहितको मागदाबी गरिएको अदालत स्रोतले जनाएको छ।