शनिबार, बैशाख २९, २०८१

कोभिड विरुद्ध मुलुकका २७ जिल्लाका ३९ लाख बालबालिकालाई फाइजर बायोएनटेक खोप

काठमाडौं असार १०,
सरकारले बिहीबारबाट मुलुकका २७ जिल्लामा पहिलो चरण अन्र्तगत ५ वर्षभन्दा माथिका र १२ वर्षमुनिका बालबालिकाहरुलाई कोभिड विरुद्धको खोप लगाउन शुरु गरेको छ ।
त्यस्तै यी २७ जिल्लाका बालबालिकालाई पहिलो खोप लगाइसकेपछि साउन २ देखि ८ गतेसम्म दोस्रो चरणको खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोभिड खोप सञ्चालन हुने सात प्रदेशका क्रमस विभिन्न २७ जिल्लाहरु क्रमस झापा, इलाम, मोरङ्ग,सुनसरी,सप्तरी,धनुषा, पर्सा, सिरहा,महोत्तरी काठमाडौं उपत्यका, काभ्रे,चितवन, सिन्धुली, मकवानपुर,कास्की, नवलपरासी र्पूव नवलपरासी पश्चिम, रुपन्देही , बाँके, दाङ्ग, बर्दिया, सुर्खेत,कैलाली, कञ्चनपुर र डडेलधुराका ३९ लाख बालबालिकालाई कोभिड भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाइने जनाएकोछ ।