बिहिबार, बैशाख १३, २०८१

कोभिड संक्रमितको सख्या फेरि ह्वात्तै बढ्यो

काठमाडौं असार ९,

छिमेकी मुलुक भारतमा समेत कोभिड १९ को संक्रमण बढ्दै गर्दा नेपालमा पनि विगत केही समययता निकै घटेको कोभिड संक्रमणको श्रृखला फेरि उकालो लागेको    छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप ४९ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि बुधबार ३१ जना नयाँ संक्रमित थपिएका थिए भने मंगलबार १९ जना नयाँ संक्रमितको पहिचान भएको जनाएको छ।

मन्त्रालयका अनुसार १हजार २३४ जानको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा ३३ जनामा र १२सय६० जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै सक्रिय संक्रमितको संख्या पनि ह्वात्तै बढेर १६३ पुगेको छ । यसमध्ये काठमाडौंमा मात्रै सक्रिय संक्रमित ९६ जना रहेको मन्त्रालयले जनाएको छ।