सोमवार, बैशाख १७, २०८१

संसद बैठक: चार वटा मन्त्रालयको वजेट शीर्षकहरूमाथि छलफल हुँदै

काठमाडौं जेठ २६,
प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विद्येयक २०७९ को ख अन्र्तगत चार वटा मन्त्रालयको वजेट शीर्षकहरूमाथि छलफल हुने भएको छ। बिहान ११ बजे बस्ने बैठकमा प्रस्तुत मन्त्रलायको वजेटशीर्षक माथिको छलफल हुन लागेको हो ।शिक्षा, विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र रक्षा मन्त्रालयको बजेट एवम कार्यक्रमबारे छलफलका संसद सचिवालयले जारी सूचनामा उल्लेख गरिएको छ।

त्यस्तै संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जारी गर्नुृभएको सूचनामा आजको बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०७९ अन्तगत शिक्षा, विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र रक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको उल्लेख गरिएको छ भने राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले पनि विनियोजन विधेयक २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय र अर्थ मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भनी खर्चा कटौटीको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको सूचनामा उल्लेख  गरिएको छ।

त्यस्ते सांसद डा। सूर्यप्रसाद पाठकले विनियोजन विधेयक, २०७९ अन्तर्गत खानेपानी मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस् भन्दै अर्को प्रस्ताव प्रस्तुत गर्ने कार्य सूची समेत रहेको छ ।