शुक्रबार, चैत्र १६, २०८०

मनसुनी वायुको प्रभाव :अविरल वर्षासंगै खसेको पहिरोको कारण राजमार्ग अवरुद्ध

काठमाडौं जेठ २६,
मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको असरका देखिएसंगै देशका विभिन्न क्षेत्रमा वर्षा र बदलीको प्रभाव देखिएको जनाएको छ। यसवीचमा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली संगै वर्षा भइरहेको छ । त्यस्तै गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा समेत बदली संगै वर्षा भइरहेको जनाएको छ।

यसवीचमा भएको वर्षाका कारण इच्छाकामना गाउपालिका वडा नं.५ को नाग्दी खोलामा राति ११ बजे र सोही सडक खण्डको कालीखोलामा विहान ४ बजे पहिरो खसेर राजमार्ग अवरुद्ध भएका जनाउँदै महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

त्यस्तै पहिरो खसेपछि अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइराखेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यसवीच महाशाखाले हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ भने मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय वायुको प्रभाव रहेको जनाएको छ ।