मङ्लबार, बैशाख ४, २०८१

स्थानीय तह निर्वाचन मार्फत कांग्रेस सबैभन्दा ठूलो दलको रुपमा स्थापित :प्रतिवेदन

 काठमाडौं जेठ २६,
नेपाली कांग्रेसले गत बैशाख ३० गते देशभरका ७५३ स्थानीय तहमा सम्पन्न स्थानीय तह निर्वाचनको घोषित परिणाम अनुसार सम्पन्न निर्वाचन मार्फत सत्तारुढदल नेपाली कांग्रेस सबैभन्दा ठूलो दलको रुपमा स्थापित भएको जनाएको छ।

२०७४को स्थानीय तह निर्वाचनमा दोस्रो दलको रुपमा रहेको काँग्रेस यसपटकको निर्वाचन मार्फत जनविस्वास आर्जन गर्दै पहिलो दलको रुपमा स्थापित भएको कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गत रहेको केन्द्रीय अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै समितिका संयोजक एवम् काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले सार्वजनिक उक्त प्रतिवेदन  कांग्रेस स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्कालाइ बुझाएको हो ।