सोमवार, बैशाख १७, २०८१

कनक पेट्रोल पम्पमा ग्यास विस्फोट , दुई सख्त घाइते

 काठमाडौं जेठ २२,
राजधानीको टेकुस्थित कनक पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा दुईजना घाइते भएका छन् । कालिमाटी प्रहरी वृत्तका डीएसपी अनिल घिमिरेले  साँझ ५ बजेको समयमा इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा अकस्मात भित्रबाट ग्यास विस्फोट हुँदा घाइते हुनेमा पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिकाका किशोरी शाह र सोही ठाउँ घर भई काठमाडौँको कालीमाटी बस्ने १८ वर्षीय दीपककुमार शाह रहेको जानकारी दिनु भएकोछ ।

त्यस्तै राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको घाइतेद्दयमध्ये किशोरीको बायाँ खुट्टा जली ‘फ्याक्चर’ भएको तथा दाहिने खुट्टा, अनुहार, दुवै हात र छाती जलेको छ भने दीपकको बायाँ गालामा पोलेको जानकारी दिएको छ। साथै प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।