सोमवार, बैशाख १७, २०८१

एकाध दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्दै

 काठमाडौं जेठ २२,
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अबको केहि दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जनाएको छ । त्यस्तै महाशाखाले पछिल्लो समय प्रि मनसुन र मनसुनको सुरुआती चरणको ट्रान्जिक्सन फेज चलिरहेको जनाउँदै अवको चरणमा पूर्ण मनसुन भित्रिने जनाउँदै यसवीचमा प्रदेश १, मधेस र बागमती प्रदेशका धेरै स्थानमा आइतवार र सोमवार अविरल वर्षा हुने जनाएको छ।

साथै महाशाखाले नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने र यसवीचमा नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभाव संगै प्रि मनसुनको चरण अन्र्तगत प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।