सोमवार, बैशाख १७, २०८१

नेकपा एसको तर्फबाट नयाँ मन्त्रीको नाम सिफारिस , संस्कृति , पर्यटन मन्त्रालयमा श्रेष्ठ

एकीकृत समाजवादीका तर्फबाट गठबन्धन सरकारमा सहभागी सबै मन्त्री फिर्ता वोलाउने सचिवालय बैठकको निर्णय

काठमाडौं जेठ २२,
काँग्रेस नेतृत्वको गठबन्धन सरकारका साझेदारदल नेकपा एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकले पार्टीको तर्फबाट नयाँ बन्ने मन्त्री मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आज साँझ प्रधानमन्त्री देउवालाई भेटेर नयाँ मन्त्रीको नाम बुझाउनुभएको थाहा भएको छ।

सम्वद्ध स्रोतका अनुसार अध्यक्ष नेपालले प्रम देउवालाइ बुझाउँनुभएको नयाँ मन्त्रीको सूचीमा सहरी विकास मन्त्रालयमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जीवनराम श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शेरबहादुर कुँवरको नाम सिफारिस गरिएको छ । त्यसैगरी हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको थाहा भएको छ ।

यसअघिआज बसेको सचिवालय बैठकले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीबाहेक गठबन्धन सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्याटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको कार्य सम्पादनको समिक्षा सहित पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गर्न सचिवालय बैठकले शीर्ष नेतृत्वलाई जिम्मेवारी दिदै तत्काल सबैजना मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ मन्त्रीको सिफारिस गर्ने नितिगत सहमति गरेको हो ।