शनिबार, बैशाख २२, २०८१

रोहिणी बस दुर्घटना: मृतक सबैको सनाखत [नामावली सहित]

काठमाडौ जेठ २३,
आइतवार जनकपुरबाट भैरहवा आउँदै गरेको लु२ख ३८४१ नम्बरको यात्रुवाहक रुपन्देहीको रोहिणी खोलामा भएको दुर्घटनामा परि मृत्यु हुने ३२ जना मध्ये मृत्यु भएका ९ जनाकै सनाखत भएकोछ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सनातखत भएका बसमा सवार यात्रुको विषयमा दिएको जानकारी अनुसार रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का ६५ वर्षका राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका–८ की ३७ वर्षकी तुलसी बस्याल, तिलोत्तमा–२,योगीकुटीका ५६ वर्षका विष्णु पौडेल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षका दिनेश दास  रहेका छन ।

त्यस्तै गरि बुटवल उपमहानगरपालिका–११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, बुटवल उपमहानगरपालिका–६ आदर्शनगर बस्ने ४० वर्षका अरविन्द शर्मा, अरविन्दका बुवा ५० वर्षका नागेन्द्र शर्मा र सितामढी भारतका ४५ वर्षका सञ्जय गुप्ता र महोत्तरी पिप्रहवा–५का ३० वर्षका चन्दन यादव रहेको जनाएको छ।

त्यस्तैदुर्घटनामा परी घाइते भएका यात्रुहरुको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको जानकारीदिदै यसमध्ये सामान्य घाइते २ जना यात्रुको डिस्जार्ज भएको जनाएको छ।