शनिबार, बैशाख २२, २०८१

आसन्न् संघ र प्रदेशको निर्वाचन लक्षित हुँदै मतदाता नामावली दर्ता खुला गर्ने आयोगको तयारी

 काठमाडौ जेठ २३,
निर्वाचन आयोगले आसन्न् संघ र प्रदेशको निर्वाचन लक्षित हुँदै मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँने तयारी गरेको छ। ।

यसअघि गत बैशाख ३० गते स्थानीय तह निर्वाचन मिति तय भएसंगै मतदाता नामावली दर्ताको कार्य स्थगन गरेको आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै नामावली दर्ता खुलाउने तयारी गरेको हो ।

आयोग सम्वद्ध स्रोतका अनुसार आगामी असार १ गतेबाट नामावली दर्ता प्रक्रिया शुरु हुने प्रवल संभावना रहेको जनाउँदै जिल्लाबाहिर बसाइँ रहे पनि जहाँ बसोबास छ त्यही जिल्लाबाट नाम दर्ता गर्न मिल्ने गरी आयोगले नामावली दर्ता प्रक्रिया शुरु गर्ने कार्ययोजना तय गरेको बुझिएको छ।