बुधबार, जेष्ठ २, २०८१

पुनर्निर्माणको लागि विष्णु मन्दिरको पसल खाली गर्न सनातन इष्ट देवता गुठीको ३५ दिने उर्दी

तस्वीर: उमेश स्थापित

काष्ठमण्डप परिसरमा रहेको पूरातात्विक महत्वको श्री विष्णु मन्दिरको पुनर्निर्माणको तयारी

मन्दिरको पुनर्निर्माण संगै आफुले प्रयोग गर्दै आएको स्थान उपलब्ध गराउनु पर्ने अन्यथा व्यवसाय र व्यवासयीको परिवारको विचल्ली हुने जनाउ सहित सरोकारवाला निकायको ध्यानाकर्षण गराउने तयारी

काठमाडौ चैत १,
काठमाडौं महानगर वडा न.१९को क्षेत्राधिकार पर्ने विश्व सम्पदा सूचीमा समाविष्ट काष्ठमण्डप पसिरमा रहेको कलात्मक प्रस्तर एवम् पूरातात्विक मुर्ति रहेको श्री विष्णु मन्दिरको पुनर्निर्माण हुने भएको छ।

सनातन इष्ट देवता गुठी मरु जोशीको स्वामित्व रहेको उक्त मन्दिर विस ०७२ को महाभूकम्पका कारण जिर्ण भएको र कुनै पनि वेला भत्किन सक्ने संभावना रहेका कारण तत्काल मन्दिरको पुनर्निर्माण गर्नु पर्ने चर्चा धेरै अगाडी चले पनि महाभूकम्प गएको करिव ६ वर्ष पछि हनुमानढोका दरवार संग्राहलय विकास समितिको सहकार्यमा सनातन इष्ट देवता गुठीले  पुनर्निर्माण गर्न लागेको बुझिएको छ।

त्यस्तै विकास समितिको तर्फबाट गत फागुन ६ गते गुठीलाइ आगामी बैशाख देखि मन्दिर पुनर्निर्माण कार्यका प्रारम्भ हुने जनाउ सहितको पत्र प्राप्त भए अनुरुप ३५ दिन भित्र मन्दिरमा दशकौ देखि व्यापार, व्यवसाय गर्दै आएका रैथाने दुइदर्जन भन्दा बढी स्थानीय व्यवसायीलाइ आ-आफनो प्रयोजनामा रहेको स्थान खाली गरिदिन सनातन इष्ट देवता गुठीको तर्फबाट पत्राचार गरिएको छ ।

गुठीको तर्फबाट  गरिएको पत्राचारमा मन्दिरमा दशकौ देखि व्यापार व्यवसाय गर्दै आएका रैथाने दुइदर्जन स्थानीय व्यापारीलाइ आ-आफ्नो व्यवसाय स्थल खाली गर्दै पुनर्निर्माण कार्यमा सहयोग गर्न भनिएको छ । त्यस्तै कंथम कदाचित मन्दिर अचानक भत्किएर धनजनको क्षति भएमा सूचनाको वर्खिलाप गर्ने व्यत्ति, स्वयम जिम्मेवार हुने व्यहोरा उल्लेख गरिएको छ।

यसैवीच पुर्न निर्माण हुने भनिएको विष्णु मन्दिरमा व्यवसाय गर्दै आएका दुइ दर्जन भन्दा बढी व्यवसायीले भने मन्दिरको पुर्ननिर्माण संगै आफुले प्रयोग गर्दै आएको स्थान उपलब्ध गराउनु पर्ने अन्यथा व्यवसाय र व्यवसायी  परिवारको विचल्ली हुने जनाउ सहित सरोकारवाला निकायको ध्यानाकर्षण गराउने तयारी गरेको थाहा भएको छ। त्यस्तै मन्दिर परिसरमा रहेको काष्ठमण्डपको काठमाडौं महानगरपालिकाले पुनर्निर्माण सम्पन्न गरिसकेको अवस्था छ। तस्वीर :उमेश स्थापित