सोमवार, बैशाख १७, २०८१

आसन्न निर्वाचनका लागि नेपाल प्रहरीद्धारा एक लाख म्यादी प्रहरीको भर्ना आव्हान

काठमाडौ चैत १,
आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीको भर्ना आव्हान गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवम् प्रशासन विभागले आज सार्वजनिक गरेको सूचनामा आगामी चैत ६ गतेदेखि ११ गतेसम्म म्यादी प्रहरीमा काम गर्न चाहने योग्यता पुगेको नागरिकले आवेदन दिन सक्ने उल्लेख गरिएको छ।

त्यस्तै जारी सूचनमा उपत्यकाको हकमा महानगरीय प्रहरी परिसर र बाँकी जिल्लाको हकमा जिल्ला प्रहरी कार्यालयमा पुगेर दरर्खास्त फारम बुझाउन सकने जनाउदै आवेदन दिनेका लागि आवेदन दिने मिति सम्म १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनु पर्ने नैतिक पतनको अभियोग नलागेको र कुनै राजनैतिक दलको सदस्य नभएको हुनु पर्ने जनाएको छ।
यस्तो छ म्यादी प्रहरीको आवेदन आव्हान सूचना :