शुक्रबार, चैत्र १६, २०८०

एमसीसी अनुदान सहायता माथि को, कसले र किन यस्तो भ्रमको सिर्जना गरे ? भ्रम र यर्थाथको फेहरिस्त

काठमाडौं चैत २,
गत आइतबार फागुन २९ देखि ‘घर घर जाऊँ, नेपाली कांग्रेस जिताऊँ’ भन्दै स्थानीय तह निर्वाचन लक्षित एक महिने कार्यक्रम आयोजना गरिरहेको सत्तारुढदल कांग्रेसले अभियानको क्रममा संसदबाट व्याखात्मक टिप्पणी सहित अनुमोदन भएको अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन [एमसीसी] सम्झौताका विषयमा जनजनले बुझ्ने भाषामा सम्झौताको फेहरिस्त सार्वजनिक गरेको छ।

एमसिसी अनुदान सहायता सम्झौताः भ्रम र यथार्थ शिर्षकमा प्रकाशित उक्त हाते पुस्तिकामा सम्झौताको नाममा नियोजित रुपमा आफ्नो अभिष्ट पूरा गर्नका लागि सिर्जना गरिएको भ्रमलाइ चिर्दै को कसले र किन यस्तो भ्रमको अवस्था सिर्जना गरे भन्ने सम्मको विस्तुत विवरण प्रष्ट पारको छ ।

यस्तो छ , नेपाली जनमानसमा सिर्जना गरिएको ३० वटा भ्रमको यथार्थ

यहाँसम्मकी प्रस्तुत सम्झौतालाइ लिएर समाजमा उब्जेका ३० वटा भ्रमलाई निवारण गर्दै सम्झोताको प्रसंगमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कृष्णबहादुर महरा, डा बाबुराम भट्टराई तत्कालीन नेकपा एमाले र हाल नेकपा एसका अध्यक्ष रहेका माधवकुमार नेपाल, झलनाथ खनाल तथा एमालेकै अर्का नेता भीम रावल देखि राप्रपाका नेता कमल थापा र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सहभागीता र भूमिका लाइ समेत प्रष्टाँएको छ ।

पुस्तिकामा पहिलो खण्डमा नेपालको परराष्ट्र निति र अन्तराष्ट्रिय साहयता शिर्षकमा विषयगत विषयवस्तुत समेटिएको छ भने खण्ड दुइमा एमसीसी अनुदान सहायता सम्झौता स् भ्रम र यर्थाथ अन्र्तगत नेपाली जनमानसमा सिर्जना गरिएको ३० वटा भ्रमको भ्रमको यथार्थ सहितको फेहरिस्त माथि  चर्चा गरिएको छ।