सोमवार, जेष्ठ ७, २०८१

पीसीआर  र एन्टिजेन गरेर ८३ जनामा सङ्क्रमण पुष्टि

काठमाडौ चैत १,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरेर ८३ जनामा सङ्क्रमण पुष्टि भएको जनाएकोछ । ४ हजार ७३४ जनाको पीसीआर परीक्षण गर्दा ५७ जनामा र ३ हजार १५० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनागरि उल्लेखित सख्यामा सङ्क्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

साथै मन्त्रालयले आज गरिएको परीषण्संगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा सङ्क्रमितको सङ्ख्या९ लाख ७८ हजार ४४ र एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या १ लाख ३९ हजार ९५० पुगेको जनाएको छ ।

त्यस्तै यसवीचमा थप १३० जना सङ्क्रमित उपचार पछि डिस्चार्ज भएको र योसँगै कोभिड मुक्त हुनेको सङ्ख्या ९लाख ६१ हजार ३४८ पुगेको जनाएको छ भने संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५० पुगेको जानकारी दिएको छ । साथै सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ७४६ रहेको छ भने पछिल्लो समय ३०जनाको आइसीयूमा र ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ।