आइतवार, बैशाख १६, २०८१

पश्चिमी वायुको प्रभावका कारण चिसोको रफ्तार निकै बढ्ने   

काठमाडौ माघ १९,
जल तथा मौसम विज्ञान विभागले मुलुकको मौसमी प्रणालीमा जारी पश्चिमी वायुको आंशिक प्रभाव आज रातिदेखि पूर्ण प्रभावमा रुपान्तरण हुँदै चिसोको रफ्तार निकै बढ्ने सम्भावना औंल्याएको छ । त्यस्तै यसवीचमा हुन सक्ने मौसमी उतारचढावका कारण सिर्जना हुने चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत विभागले अनुरोध गरेको छ ।

साथै विभागले पश्चिमी वायुको प्रभावकै कारण आज राति देशभर वर्षाको संभावना संगै देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना समेत रहेको जनाएको छ।

त्यस्तै बिहीबार पनि प्रदेश नं १, मधेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यकामा न्युनतम तापक्रम चार दशमलव चार डिग्री तथा अधिकतम तापक्रम १७ दशमलव तीन डिग्री सेल्सियस मापन गरिएको जनाएको छ।