आइतवार, बैशाख १६, २०८१

एक दर्जन संक्रमितको मृत्युसंगै देशैभर थपिए ३६३७ संक्रमित

उपत्यकामा थपियो ११४४ नयाँ संक्रमित

काठमाडौं माघ १९,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पछिल्लो २४ घण्टामा छ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरि ३ हजार ६३७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएकोछ ।

त्यस्तै मन्त्रालयले सोही अवधिमा ७ हजार ७५५ जना उपचारपछि डिस्चार्ज भएको जानकारी दिनको अलावा १२ जनाको मृत्यु भएको जनाएको छ । आज पुष्टि भएका कोभिड संक्रमिणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७६४ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ६९ हजार २ सय ९१ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैवीच आज पुष्टि भएका कोभिड संक्रमित मध्ये उपत्यकाको काठमाडौं जिल्लामा मात्र ८८८ जना, ललितपुरमा १७१ र भक्तपुरमा ८५ जना गरि ११४४ जना संक्रमित थपिएको जनाएकोछ ।