मङ्लबार, चैत्र ६, २०८०

थप ६ हजार ८२७ जनामा कोभिड संक्रमण, १० को मृत्यु

काठमाडौं माघ १४,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १३ हजार ७९१ जनाको पीसीआर गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरि थप ६ हजार ८२७ जनामा कोभिड संक्रमण देखिएको जनाएको छ।

त्यस्तै मन्त्रालयले यसवीचमा ५ हजार ४३२ जना डिस्चार्ज हुँदै गर्दा १० जना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन भने देशभर ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेको जनाएको छ।