सोमवार, बैशाख १७, २०८१

काँग्रेस केन्द्रीय समिति भर्चुअल बैठक:कार्यसम्पादन समितिमा २४ जनाको नाम अनुमोदन

काठमाडौं माघ १४,

नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरेको छ । काँग्रेसको विधानत व्यवस्था अनुरुप गठन हुने ४६ सदस्यीय कार्यसम्पादन समितिमा सभापति, उपसभापति २, महामन्त्री २, कोषाध्यक्ष १ र सहमहामन्त्री ८ , ३१ जना सदस्य, प्रवक्ता, संसदीय दलको नेता कार्यसम्पादन समितिको पदेन सदस्य हुने व्ययवस्था रहेको छ।

त्यस्तै आजको बैठकले पदाधिकारीबाहेक कार्यसम्पादन समितिका लागि थप २४ जनाको नाम अनुमोदन गरेको छ भने थप ९ जना सदस्य मध्ये मनोनित हुने प्रवक्ता र एक जना कोषाध्यक्ष स्वत समितिका सदस्य हुनेछ । यसअर्थमा बाँकी ७ जना सदस्य पछि तोक्ने गरि आजको बैठकले अनुमोदन गरेकोहो ।

 कार्य सम्पादन समितिका लागि अनुमोदित  सदस्यहरुमा पदाधिकारी सहित   रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधी, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला, चित्रलेखा यादव, डा रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, डा. शेखर कोइराला, सुनीलबहादुर थापा, बलबहादुर केसी, बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा.नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगानाको नाम आजको भर्चुअल बैठकले अनुमोदन गरेको छ।

गठित कार्य सम्पादन समितिको बैठकले पार्टीका कार्यक्रमलाई चलायमान गराउन मद्धत गर्नेछ भने कार्यसम्पादन समितिले गरेका निर्णयहरू केन्द्रीय समितिको पूर्ण बैठकले अनुमोदन गर्नु पर्ने काँग्रेसको विधानत व्यवस्था रहेको छ ।