सोमवार, बैशाख १७, २०८१

उपत्यकामा थपिए २९४० जना नयाँ संक्रमित

काठमाडौं माघ १४,
पछिल्लो २४ घण्टामा पुष्टि भएका ६ हजार ८२७ कोभिड संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै थप २ हजार ९ सय ४० जना संक्रमित थपिएका छन् ।

यसरी थपिएका संक्रमित मध्ये काठमाडौंमा २१५३, भक्तपुरमा २६८ र ललितपुरमा ५१९ जना संक्रमित रहेको जनाउदै मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १० जना कोभिड संक्रमितको मृत्यु भएको छ जनाएको छ।