सोमवार, बैशाख १७, २०८१

आज बस्ने कांग्रेसले केन्द्रीय समितिले कार्यसम्पादन समिति गठन गर्दै

काठमाडौं माघ १४,
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज भर्चुअल माध्यमबाट अपरान्ह बस्ने बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन, स्थानीय तहको निर्वाचनलगायत विषयमा विशेष छलफल गर्ने भएको छ। पछिल्लो समय बढेदो कोभिड स।क्रमणको जोखिमसंगै आजको बैठक भर्चुअल माध्यमबाट बस्न लागेको हो ।

१४ औ महाधिवेशन पछि निर्वाचित काँग्रेस केन्द्रीय समितिमा विधानत व्यवस्था अनुरुप मौजुदा समितिमा सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी १३ पदाधिकारी छन् भने कोषाध्यक्ष र प्रवक्ता मनोनीत हुन बाँकी रहेको छ ।

यद्यपी कांग्रेस विधानको दफा २३ अनुसार केन्द्रीय कार्यसम्पादन समितिमा ४६ सदस्यीय बन्नेछ । जसमा सभापति, उपसभापति २, महामन्त्री २, कोषाध्यक्ष १ र सहमहामन्त्री ८ , ३१ जना सदस्य, प्रवक्ता, संसदीय दलको नेता कार्यसम्पादन समितिको पदेन सदस्य रहनेछ ।

केन्द्रीय कार्यसमितिका सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री, पदेन सदस्य हुने व्यवस्था छ । त्यस्तै सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखी केन्द्रीय कार्यसम्पादन समितिका लागि ३१ सदस्य कार्यसमितिको बैठकमा प्रस्ताव गर्ने उक्त प्रस्तावलाइ कार्यसमितिको बहुमतले अनुमोदन गर्ने विधानत व्यवस्था रहेको छ ।