सोमवार, बैशाख १७, २०८१

वैद्य नेतृत्वको ३३ दलीय मोर्चा सहित तीन वटा दलको दर्ता खारेज

काठमाडौं माघ ७,
निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरिदिएको छ । लेखा परिक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियम गत ३० पुसको निर्णयानुसार अनुसार तीनवटा दल खारेज भएको आयोगले जनाएको छ।

यसरी दल दर्ता खारेज हुने दलहरुमा नेपाल युवा किसान पार्टी, मोहन वैद्य किरण नेतृत्वको ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद रहेको आयोगले जनाएको छ।

३३ दलीय मोर्चाको नेतृत्व मोहन बैद्यले अनौपचारिक रुपमा गर्दै आएका थिए । उनको पार्टीले पुस २० भित्रमा लेखा परिक्षण प्रतिवेदन र जरिवाना दुवै नबुझाएपछि आयोगले खारेज गरिदिएको हो ।