सोमवार, बैशाख १७, २०८१

मन्त्री यादव विवादमा, नरसंहारको षड्यन्त्र रच्ने मन्त्रीलाई अविलम्ब बरखास्त गर्न माग

काठमाडौं माघ ७,
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले बुधवार रौतहटको गौरको एउटा सभामा दिएको सार्वजनिक अभिव्यक्ति प्रति जनमत पार्टीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्री यादवले गौरमा गौरको राइस फिल्डमा ‘नरसंहार हामीहरूले नै मच्याएको, किसान आन्दोलनकारीहरूमाथि फेरि त्यस्तै नरसंहार मचाइदिने र घेराउ हालेर डा। सीके राउतको हत्या गरिदिने खुल्लमखुल्ला घोषणा गरेपछि विवादमा आएकी हुन् ।

मन्त्रीको प्रस्तुत अभिव्यक्ति संगै जनमत पार्टीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘देशकै संघीय मन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट आएको आपराधिक अभिव्यक्ति किसान आन्दोलन तथा आमजनताको विरूद्धमा रहेको निष्कर्ष सहित विज्ञप्तिमा भनिएको छ, ‘२०६३ साल चैत ७ गते भएको गौर नरसंहार, तत्कालीन मधेशी जनअधिकार फोरम० ले नै घटाएको मन्त्री यादवको स्वीकारोक्तिसंगै आपराधिक अभिव्यक्ति दिने, हत्या हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षड्यन्त्र रच्ने सो मन्त्रीलाई अविलम्ब बरखास्त गर्न माग समेत गरेको छ।

त्यस्तै विज्ञप्तिमा अगाडि भनिएको छ, ‘गौर नरसंहारका फरार अभियुक्तहरूलाई सुरक्षाकर्मीहरूले विशिष्ठ सुरक्षा घेरामा राखेर सुरक्षा दिने हैन कि उनीहरूलाई तत्काल पक्राउ गरी नरसंहार पीडितहरूलाई न्याय दिँदै मधेशमा विद्यमान आपराधिक पार्टीको आपराधिक राजलाई समाप्त पार्नु पर्दछ भन्ने हाम्रो ठहर रहेको छ । स्मरणीय छ, यसभन्दा अगाडि २०७५ भदौ ७ गते पनि राममनोहर यादवले तत्कालीन उपप्रधानमन्त्री श्री उपेन्द्र यादवलाई बर्दिया जिल्लामा कालो झण्डा देखाएको अभियोगमा उहाँलाई पक्राउ गरी हिरासतमा नै हत्या गरेर करीव ६ महिनासम्म लाशसमेत दिइएको थिएन ।’