सोमवार, बैशाख १७, २०८१

आज अपरान्ह सत्तासाझेदार गठबन्धनको बैठक बस्दै

काठमाडौं माघ ७,
आज अपराह्न सरकार सञ्चालनका लागि गठित पाँच दलीय गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने आजको बैठकमा मुलत स्थानीय तहको निर्वाचन एमसीसीलगायतका विषय केन्द्रीत हुने बताइएको छ ।

विहिवार प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष तीन नेतृत्व क्रमसप्रधानमन्त्री देउवा,प्रचण्डर नेपाल वीच भएको भेटवार्ताको क्रममा शुक्रवार सत्ता गठबन्धन बैठक बस्ने सहमति बनेको थियो ।

त्यस्तै यसअघि मंगलबार बसेको बैठकमा संविधानमा व्यवस्था भए बमोजिम निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति जुटेको थियोे ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित समन्वय समितिका संयोवक रामचन्द्र पौडेल, माओेवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको उपस्थिति रहने बुझिएको छ ।