शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं प्रशासनको १६ बुँदे नयाँ आदेश :उपत्यकामा सबै किसिमको यातायातमा जोर बिजोर प्रणाली लागू [आदेश सहित]

काठमाडौं माघ ६ ,

काठमाडौँ उपत्यकाकामा माघ ७ गते मध्यरातदेखि सबै किसिमको यातायातको साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । बिहीबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले बढ्दो कोभिड संक्रमणको जोखिमलाइ नियन्त्रण गर्न यस्तो निर्णय गरेको हो ।

बैठक पछि जारी १६ बुँदे आदेशमा उल्लेख भएअनुसार दिनानुदिन उपत्यकामा कोभिड संक्रमितको रफ्तार बढ्दो रहेको र समग्रमा पछिल्लो समय काठमाडौं उपत्यका कोभिड संक्रमणको हटस्पटनै बनेको निष्कर्ष सार्वजनिक सवारीमा बढ्दो भिडमभाड लगायतका यावत पक्षलाइ मध्य नजर गर्दै बढ्दो पांग्रेसहित सबै किसिमको सवारीसाधनमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय भएको उल्लेख गरिएको छ । प्रस्तुत निर्णयानुसार जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्लेटका सार्वजनिक र निजी सवारी साधन चल्न पाउने आदेशमा उल्लेख गरिएको छ ।

यस्तो छ आदेशको विस्तृत विवरण:

यद्यपी स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, सञ्चार शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू हुने छैन । यसैगरी सार्वजनिक स्थलमा जाँदा खोप कार्ड अनिवार्य देखाउनुपर्ने, भिडभाड गर्न नपाइने, सार्वजनिक स्थलमा हिँड्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने लगायतका निर्णय प्रशासनले गरेको छ ।