सोमवार, बैशाख १७, २०८१

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं माघ ७,
प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्ती देउवाले शुक्रबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको थाहा भएको छ ।

पछिल्लो समय बड्दो कोभिड संक्रमणको जोखिम संगै सरकारको तर्फबाट सम्पादित ६ महिने कामकारवाही संगै मुलुकको समसमायिक राजनीतिक विषयवस्तुको जानकारी सहित थप विषयमा प्रम देउवाको सम्बोधन केन्द्रीत हुने बताइएको छ । प्रम देउवाको सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने छ ।