शनिबार, बैशाख १५, २०८१

सङ्कटको मौका छोपेर कालोबजारी गर्नेविरुद्ध प्रशासनको छड्के अनुगमन

काठमाडौं माघ ७,
पछिल्लो समय  उपत्यकामा बढ्दो कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनहरूले अनुगमन र कारबाही प्रक्रियालाइ तिव्रता दिन थालेको छ। कोभिड जोखिमका वीचपनि स्वास्थ्य मापदण्ड पालना अन्र्तगत  सार्वजनिक स्थल आवतजावत गर्दा तथा सवारीसाधन प्रयोग गर्दा मास्क नलगाउने व्यक्तिहरुलाइ प्रशासनको टोलीले ठाउँको ठाउँ कारवाही गर्दै एक सय रुपियाँ जरिवाना गर्न थालेका छन ।

त्यस्ते प्रशासन टोलीले दिनानु दिन बढ्दो कोभिड–१९ को जोखिम बढ्दै गएपछि बजार, बसपार्क, सार्वजनिक स्थान, अस्पताल, सार्वजनिक यातायात, सपिङ मल, होटल, रेस्टुरेन्ट, खाजाघर र कार्यालयहरूको अनुगमनसंगै सङ्कटको मौका छोपेर कालोबजारी गर्ने, अत्यावश्यक औषधि लुकाउने, महँगो मूल्यमा बिक्री गर्ने र खाद्यान्नलगायतका मूल्य बढाउनेविरुद्ध छड्के अनुमगन गर्दै कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ।