शनिबार, बैशाख २९, २०८१

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं पुस २१,
आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । मन्त्रिपरिषद् बैठक दिउँसो साढे १ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयस्रोतले जाएको छ। बैठकमा प्रधानमन्त्री देउवा पुस २५ गते जाने भारत भ्रमणका विषय लगायतका विषय केन्द्रीत हुँने सचिवालय स्रोतले जनाएको छ।

पुस २६ गते हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुन प्रम देउवा भारत जान लागेका हुन् । भारत भ्रमणको क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ ।

त्यस्तै आजको बैठकमा विभिन्न मन्त्रालयका एजेण्डाका साथै आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका विषय समेत केन्द्रीत हुने बुझिएको छ।