मङ्लबार, बैशाख ४, २०८१

सूचना टाँसेर प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक पुस २८ मा

काठमाडौं पुस २१
प्रतिनिधिसभाको बैठक दोस्रोपटक सूचना टाँसेर स्थगित गरिएको छ । आजको लागि तय भएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

गत आइतबार  १८ पुसमा डाकिएको बैठक सूचना टाँसेर स्थगित गर्दै बिहीबारका लागि सारिएको थियो । तर, यसको अघिल्लो दिन बुधबार विशेष कारण देखाउँदै बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ।

सचिवालयका महासचिव भरत गौतमले जारी गरेको सूचनामा प्रतिनिधिसभाको बैठक २८ पुस बुधबार दिउँसो १ बजे बस्ने उल्लेख गरिएको छ ।