सोमवार, बैशाख १७, २०८१

सबै विद्यालय अनिश्चितकालका लागि बन्द

काठमाडौं मंसिर १६ / समाचार एजेन्सी,

भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएसंग सिर्जित हुन सक्ने भयावह स्थितीलाइ दृष्टिगत गर्दै शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन् ।

भारतीय समाचार माध्यमका अनुसार पछिल्लो समय शहरको वायु प्रदूषणको अवस्थाका निकै विग्रेका कारण सबै विद्यालय अनिश्चितकालका लागि बन्द बन्दको आव्हान गरिएको उल्लेख जनाएकोछ । त्यस्तै, अदालतले केन्द्र सरकारलाई २४ घण्टाभित्र वायु प्रदूषण नियन्त्रणसम्बन्धी योजना ल्याएर कार्यान्वयन गर्न समेत निर्देशन दिएको समाचार माध्यमहरुले जनाएको छ।